Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Tuesday, April 7
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»जुम्लाको तातोपानीमा आगलागी, एक परिवारको तेस्रो तला जलेर नष्ट
    समाचार

    जुम्लाको तातोपानीमा आगलागी, एक परिवारको तेस्रो तला जलेर नष्ट

    dipakBishwakarmaBy dipakBishwakarmaAugust 13, 2025Updated:August 13, 2025No Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्ला । तातोपानी गाउँपालिका–३ खरखडामा आगलागी भएर तेस्रो तला पूर्णरूपमा जलेर नष्ट भएको  छ। बुधबार साँझ भएको आगलागीले एक परिवारको जीवनभरको  गरेको मेहनत क्षणमै नष्ट गरिदिएको हो।

    साँझ करिब ६:३० बजेतिर स्थानीय खेम बुढाको टिनले छाएको तिनतले कच्ची घरको तेस्रो तलामा अचानक आगो सल्किएको थियो। आठ कोठे घरको माथिल्लो तलामा राखिएका अन्नपात, लत्ता  कपडा, भाँडाकुडा र अन्य घरेलु सामग्री केही मिनेटमै जलेर खरानी बने।

    प्रारम्भिक अनुमानअनुसार, नास्ता पकाउने क्रममा चुलोबाट निस्किएको आगो फैलँदै तेस्रो तलामा पुगेको हो। तर आगलागीको स्पष्टिकारण अझै   खुलेको छैन।

    आगोको लप्काले टिनको छत तताउँदै वरिपरिको काठ चर्किन थालेपछि स्थिति भयावह बनेको थियो। तत्काल गाउँलेहरू बाल्टिन, डोरी र पानीका ड्रमसहित घटनास्थलमा जुटी आगो निभाउने प्रयासमा लागे।

    छिमेकीहरूको अथक प्रयासपछि आगो नियन्त्रणमा आए पनि बुढा परिवारले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको छ। स्थानीयका अनुसार, यस्ता दुर्गम बस्तीमा यति ठूलो क्षतिपछि घर पुनःनिर्माण र सामान्य जीवनमा फर्किन वर्षौं लाग्नेछ।

    सौभाग्यवश, मानवीय क्षति भने भएको छैन। तर जलेको तेस्रो तलासँगै परिवारका धेरै सम्झना र सपना पनि खरानीमा बदलिएका छन्।

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.