जुम्ला । तिला गाउँपालिका मा शुक्रबार बिहान अटो रिक्सामा आगलागी भएको छ। क १ घ ११ नम्बरको अटो तिला गाउँपालिका पाँच जाँदै गरेको अवस्थामा अचानक आगलागी भएको हो।
प्रहरी नायव उपरीक्षक रबिन बाबु रेग्मीका अनुसार अटो चलिरहेको बेला इन्जिनतर्फबाट धुवाँ निस्केपछि चालकले तुरुन्त सडक किनारमा अटो रोकेका थिए। समयमै नियन्त्रणमा ल्याइएकाले ठूलो दुर्घटना टर्यो भने यात्रुहरू सबै सकुशल रहेका छन्
प्रत्यक्षदर्शीहरूले इन्जिनतर्फबाटै आगो भड्किएको देखिएको बताए। स्थानीयवासी र प्रहरीले सक्रिय भएर आगो केही मिनेटमै निभाएका थिए।
प्रहरीले यस घटनाको प्रारम्भिक कारण प्राविधिक गडबडी वा सर्टसर्किट हुनसक्ने अनुमान गरेको छ र थप अनुसन्धान भइरहेको जनाएको छ।
