तातोपानी ६ को धौलापानी नजिक आज दिउँसो अटो दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। सदरमुकाम खलंगाबाट तातोपानीतर्फ गइरहेको क.१ ह.१०० नम्बरको अटो करिब १२:०६ बजे अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीको भनाइ छ।
दुर्घटनामा अटो चालक तातोपानी–६का नरेन्द्र विष्टको टाउकोमा सामान्य चोट लागेको छ। पातारासी–४का कर्णप्रसाद उपाध्यायको शरीरका विभिन्न भागमा चोट लागेको र तातोपानी–२की अनिता नेपालीको छातीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले जानकारी दिए।
घाइतेहरूलाई दिउँसो करिब १२:३० बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको र हाल उपचार जारी रहेको प्रहरीले जनाएको छ।
