जुम्ला । चन्दननाथ नगरपालिकाको आयोजनामा कृषि जैविक विविधता तथा रैथाने खाद्य परिकार प्रदर्शनी मेला सञ्चालन गरिएको छ। आयोजकका अनुसार मेलामा १२ वटा स्टलमार्फत जुम्लामै उत्पादन भएका अर्गानिक कृषि उपजहरू प्रदर्शन गरिएको थियो।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जुम्लामा उत्पादन हुने अर्गानिक कृषि वस्तुको महत्वबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले मेला आयोजना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार रैथाने खाद्य परिकारको उत्पादन, प्रयोग र उपभोगको तरिकाबारे जनचेतना फैलाउनु यस मेलाको मुख्य लक्ष्य रहेको छ।
धौलीगाड कृषि सहकारी संस्थाका कर्ण जैशीले लोप हुन लागेका स्थानीय अर्गानिक खाद्य वस्तुको संरक्षण आवश्यक रहेको बताउँदै जुम्लामा उत्पादन भएका कृषि उपजको संकलन र बजारीकरणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार सहकारीले हाल विद्यालयको दिवा खाजाका लागि अर्गानिक कृषि वस्तु संकलनमा सहयोग
