Author: Akash Sunar

जुम्लाको तातोपानी गाउँपालिका–८, राक्से स्थित पाटनमा आज दिउँसो ३ बजेतिर आएको बाढी र पहिरोका कारण दर्जनौं भेडा बगेका छन्। लगातारको वर्षातले बाढी आएको र सोही समयमा स्थानीय सर्प राज रावलसहित ८–९ जना चराउँदै गरेको भेडाको बथान बगेको वडाध्यक्ष तिलक बहादुर रावतले जानकारी दिए। घटनाबारे जिल्ला प्रहरी कार्यालय, जुम्लामा साँझ ५ बजे टेलिफोनमार्फत जानकारी दिइएको वडाध्यक्ष रावतले बताए। हालसम्म बगेका भेडाको सठिक सङ्ख्या र अन्य क्षतिको विवरण प्राप्त नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनास्थल अस्थायी प्रहरी चौकी ताम्तीबाट करिब ५–६ घण्टा पैदल दुरीमा पश्चिमतर्फ पर्छ भने जिल्ला प्रहरी कार्यालयबाट करिब ७५ किलोमिटर पूर्वमा अवस्थित छ।

Read More

जुम्ला— मुगुको कोटडाँडा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार बिहान ८ बजेर ३९ मिनेटमा ४.३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हो। यसअघि असार १५ गते पनि मुगुको जिमा आसपास केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालमा सानातिना परकम्पहरू लगातार आइरहेका छन्। हिमालय क्षेत्रमा अवस्थित नेपाल भूकम्पको दृष्टिले संवेदनशील मानिन्छ, जसका कारण यस्ता कम्पनहरूको सम्भावना उच्च रहँदै आएको छ।

Read More

जुम्ला — नेपाल सुनचाँदी व्यवसायी महासंघ, जुम्लाले हालै सार्वजनिक गरिएको आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत सुन, चाँदी, हिरा तथा बहुमूल्य पत्थरहरूलाई विलासिता वस्तुको रूपमा वर्गीकृत गरी लगाइएको करप्रति कडा असन्तोष व्यक्त गरेको छ। महासंघले उक्त कर संरचनाले व्यवसाय मात्र होइन, आम उपभोक्ता पनि प्रत्यक्ष मारमा पर्ने भन्दै विरोध जनाएको हो। यसै सन्दर्भमा महासंघले नेपाल पत्रकार महासंघ, जुम्ला शाखालाई ज्ञापनपत्र बुझाउँदै मुद्दा सार्वजनिक रुपमा उठाउन अनुरोध गरेको छ। महासंघका अध्यक्ष राजु गहतराजका अनुसार सरकारले सुनचाँदी तथा बहुमूल्य रत्नमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने निर्णयले व्यवसाय धरापमा पर्ने खतरा बढेको छ। “यसले न…

Read More

अविरल वर्षापछि आएको पहिरोका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग पुनः सुचारु गरिएको छ। गएकाे रातिदेखि लगातार परेको भारी वर्षाका कारण गगने खोलामा ठूलो पहिरो खस्दा जितेगाड खण्डमा राजमार्ग पूर्ण रूपमा अबरुद्ध भएको थियो। पहिरोसँगै खसेका ठूला ढुंगा र माटोले राजमार्ग थुनिएपछि जुम्लाबाट सुर्खेत तथा नेपालगञ्जतर्फ जाने यात्रु र मालबाहक सवारी साधन बीच बाटोमै रोकिएका थिए। सडक डिभिजन कार्यालयले लगातारको वर्षाका कारण सडक अवस्था जोखिमपूर्ण रहेकाले यात्रुहरूलाई आवश्यक सतर्कता अपनाई मात्र यात्रा गर्न अनुरोध गरेको छ।

Read More

अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। गएरातिदेखि निरन्तर परेको भारी वर्षापछि कालिकोटको गगने खोलामा खसेको ठूलो ढुंगा र माटो सहितको पहिरोका कारण राजमार्ग विहान ६ बजेदेखि ठप्प भएको हो। सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र चौधरीका अनुसार पहिरो पन्छाउनका लागि ठूला मेसिन र प्राविधिक जनशक्ति खटाइएको छ। बरसातको मौसम भएकाले यात्रा सुरक्षाका लागि पूर्व जानकारी लिएर मात्रै हिँड्न उनले आग्रह गरेका छन्। सडक अवरुद्ध हुँदा जुम्लाबाट सुर्खेत तथा नेपालगञ्जतर्फ जाने यात्रुबाहक र मालवाहक सवारीसाधन बाटोमै अलपत्र परेका छन्।

Read More

एएफसी महिला एसियन कप छनोटअन्तर्गत उज्बेकिस्तानको तास्केन्तमा भइरहेको पहिलो खेलमा नेपालले लाओसविरुद्ध पहिलो हाफमै २–० को सशक्त अग्रता लिएको छ। नेपालका लागि अनिता बस्नेतले खेलको १२औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाइन्। पहिलो हाफको अन्त्यतिर कप्तान सावित्रा भण्डारीले अनिताको उत्कृष्ट क्रसमा हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाइन्। आजको खेलमा मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले सावित्रा भण्डारीलाई कप्तानीको जिम्मेवारी दिएका छन्। यससँगै उनी नेपाली महिला टिमको इतिहासमा कप्तानी सम्हाल्ने ११औँ खेलाडी बनेकी हुन्। पहिलेकी नियमित कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा सुरुवाती–११ मा परेकी छैनन्। उनको स्थानमा अञ्जना गोलकिपरको भूमिकामा पहिलो रोजाइमा खेल्दैछिन्। नेपाल समूह ‘एफ’ मा पर्छ, जसमा लाओस, श्रीलंका…

Read More

जुम्ला तिला नदीको किनारमा एक अज्ञात पुरुषको शव फेला परेको छ। बिहीबार बिहान करिब साढे ८ बजे चन्दननाथ नगरपालिका–९ स्थित खल्लाचौर नजिकै नदी किनारमा शव देखिएको हो। स्थानीयवासी दिपेन्द्र रावलले शव देखेपछि जिल्ला प्रहरी कार्यालय, जुम्लालाई खबर गरेका थिए। जानकारी पाएपछि प्रहरी निरीक्षक असीम हमालको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट फोरेन्सिक चिकित्सकसहितको टोली घटनास्थल पुगेको थियो। शव भेटिएको स्थान जिल्ला प्रहरी कार्यालयबाट करिब तीन किलोमिटर पश्चिममा पर्छ। प्रारम्भिक अनुमानमा मृतकको शव नदीले बगाएर ल्याएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि मृतकको नाम, ठेगाना र परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ। हाल प्रहरीले शवको पहिचान…

Read More

मुगु जिल्लाको जिमा क्षेत्र केन्द्रबिन्दु भएर आइतबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ३४ मिनेटमा महसुस गरिएको उक्त भूकम्पको परिमाण ४.८ म्याग्निच्युड मापन गरिएको छ।

Read More

कक्षा १० अन्तर्गत राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि औपचारिक निर्णय गरी परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार सम्पूर्ण नतिजा वेबसाइटमा अपलोड हुन केही समय लाग्न सक्नेछ। २०७८ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिएको एसईईमा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए।

Read More

शहरी पूर्वतयारी तथा आपतकालीन प्रतिकार्य परियोजनाको अन्तर्गत जुम्लाको सदरमुकाम अनामनगरस्थित कर्णाली माध्यमिक विद्यालयमा एक विशेष ‘विपद् बहस कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भयो। उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाकी अधिकृत ईश्वरा सुवेदीले रेडक्रसले विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा गरिरहेका गतिविधिबारे जानकारी दिइन्। उनले वडास्तरमा विभिन्न सीपमूलक तालिम, जलवायु परिवर्तनसम्बन्धी अभिमुखिकरण कार्यक्रम, सामाजिक सुरक्षा योजनाको कार्यान्वयन, महिला तथा विपन्न समुदाय लक्षित पहल र सञ्चार माध्यममार्फत सञ्चालित सचेतनामूलक कार्यक्रमहरूको चर्चा गरिन्। साथै, सदरमुकामको घामडाँडामा मौसम पूर्वानुमान जानकारी प्रदान गर्न आवश्यक पूर्वाधार निर्माणको तयारीसमेत भइरहेको जानकारी दिइन्। चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले नगरपालिका अन्तर्गतको विपद् शाखाले विपद् न्यूनीकरणका लागि सक्रिय भूमिका निर्वाह गरिरहेको बताए। नेपाल…

Read More