Close Menu
kanjirowatimes.com
    What's Hot

    📈 जुम्ला प्रतिनिधि सभा निर्वाचन २०२६ (२०८२) – लाइभ मत परिणाम

    March 6, 2026

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • 📈 जुम्ला प्रतिनिधि सभा निर्वाचन २०२६ (२०८२) – लाइभ मत परिणाम
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Monday, March 9
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»जुम्ला मा  अधिकांश स्थानीय तह हरुले  आज बजेट सार्वजनिक गर्दै, कनकासुन्दरीले पहिल्यै प्रस्तुत गर्‍याे
    समाचार

    जुम्ला मा  अधिकांश स्थानीय तह हरुले  आज बजेट सार्वजनिक गर्दै, कनकासुन्दरीले पहिल्यै प्रस्तुत गर्‍याे

    dipakBishwakarmaBy dipakBishwakarmaJune 24, 2025Updated:June 24, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्ला जिल्लाका कनकासुन्दरी गाउँपालिका बाहेकका अन्य सातवटै स्थानीय तहहरूले आज आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्ने तयारी गरेका छन्। विद्यमान कानूनी व्यवस्था अनुसार, असार १० गतेभित्र नीति तथा कार्यक्रम र असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने बाध्यताका आधारमा पालिकाहरूले आज आफ्नो अनुमानित आय–व्यय विवरण सार्वजनिक गर्न लागेका हुन्।

    कनकासुन्दरी गाउँपालिकाले भने अन्य पालिकाभन्दा एक दिन अघिनै, असार ९ गते नै ५० करोड नाघेको बजेट सार्वजनिक गरिसकेको छ। गाउँपालिकाले कुल ४९ करोड ७१ लाख ७३ हजार ९९६ रुपैयाँको बजेट ल्याएको हो।

    बजेट विवरण अनुसार, संघीय सरकारबाट:

    वित्तीय समानीकरण अनुदान अन्तर्गत १० करोड १ लाख,

    सशर्त पूँजीगत अनुदान २ करोड ७० लाख,

    सशर्त चालु अनुदान १६ करोड ३० लाख,

    विशेष अनुदान १ करोड ७८ लाख,

    राजस्व बाँडफाँडबाट ९ करोड १९ लाख ८४ हजार १३१ रुपैयाँ प्राप्त हुने उल्लेख छ।

    प्रदेश सरकारबाट पनि:

    समानीकरण अनुदानमार्फत १ करोड २५ लाख ४९ हजार,

    सशर्त अनुदान २ करोड ३२ लाख ६९ हजार,

    राजस्व बाँडफाँडबाट ७ लाख,

    आन्तरिक स्रोततर्फ ४ करोड ६५ लाख र आन्तरिक राजस्व संकलन ३२ लाखको अनुमान गरिएको छ।

    गैरसरकारी संस्थाहरूको सहयोगमा पनि गाउँपालिकाले बजेट ल्याएको छ। INF नेपाल जुम्लाबाट १७ लाख ८६ हजार ८६५ र क्याड नेपाल जुम्लाबाट ९२ लाख ८५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

    गाउँपालिकाका अनुसार, यो बजेट संघीय र प्रदेश सरकार, आन्तरिक स्रोत तथा गैरसरकारी संस्थाहरूको सहकार्यबाट संकलन हुने स्रोतमा आधारित छ।

    बजेट कार्यान्वयन प्रक्रियाअनुसार, गाउँ वा नगरसभामा प्रस्तुत भएको बजेटमा १५ दिनभित्र छलफल गरी आवश्यक परिमार्जनका लागि कार्यपालिकामा पठाउन सकिनेछ। संशोधन आवश्यक भए कार्यपालिकाले ५ दिनभित्र पुनः सभामा पेश गर्नुपर्ने र असार मसान्तभित्र अन्तिम स्वीकृति पाउनुपर्ने प्रावधान छ।

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.