Close Menu
kanjirowatimes.com
    What's Hot

    📈 जुम्ला प्रतिनिधि सभा निर्वाचन २०२६ (२०८२) – लाइभ मत परिणाम

    March 6, 2026

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • 📈 जुम्ला प्रतिनिधि सभा निर्वाचन २०२६ (२०८२) – लाइभ मत परिणाम
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Monday, March 9
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»जुम्लाको स्याउ : हवाईजहाजबाट बजारमा, राजमार्ग हुँदै समृद्धिको यात्रासम
    समाचार

    जुम्लाको स्याउ : हवाईजहाजबाट बजारमा, राजमार्ग हुँदै समृद्धिको यात्रासम

    dipakBishwakarmaBy dipakBishwakarmaJune 27, 2025Updated:June 27, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्ला । २०४५ सालमा स्याउ बेच्न जहाज चार्टर गरेर नेपालगञ्ज झरेका थिए, देवेन्द्रबहादुर शाही। अहिले उनी प्रदेशसभा सदस्य छन् । त्यो समय सम्झँदा उनी अझै रोमाञ्चित हुन्छन् जब स्याउ बेच्न काठमाण्डौंदेखि कालीमाटीको गल्लीसम्म काँटा बोकेर फुटकर बेच्नुपरेको थियो । त्यसबेला जुम्लामा सडक पूर्वाधार थिएन । जहाजमै स्याउ ल्याएर बेचेको कथा अहिले सम्भव छैन, किनकि अहिले स्याउ ट्रकमा चढेर कर्णाली राजमार्ग हुँदै देशभर पुग्छ । अहिले शाहीकै ८ सय फुजी जातका बोटबाट लाखौंको आम्दानी हुन्छ । उनी भन्छन् स्याउ अब आत्मनिर्भर कर्णालीको सम्भावना बनेको छ ।

    स्याउ खेतीको सुरुवातदेखि व्यावसायीकरणसम्म

    जुम्लामा स्याउ खेतीको औपचारिक इतिहास २०२३ सालबाट सुरु हुन्छ, जब तत्कालीन अञ्चलाधीश निराराज विष्टले काश्मिरबाट ल्याएको बिरुवाबाट खेती सुरु भयो । उत्पादन राम्रो भएपछि विस्तार बढ्दै गयो । हाल जुम्लामा १८ हजारभन्दा बढी किसान स्याउ खेतीमा संलग्न छन् । २०६३ मा कर्णाली राजमार्गले जुम्लालाई छुनेबित्तिकै यहाँको स्याउको बजार देशभर फैलिन थाल्यो। कृषि कार्यालयका अनुसार, २०८०/८१ मा २० हजार ५ सय मेट्रिकटन स्याउ उत्पादन भयो, जुन ६१ करोड रुपैयाँबराबरको निर्यातमा परिणत भएको थियो ।

    समस्या : स्याउ उत्पादन राम्रो, तर बजार व्यवस्थापन कमजोर

    उत्पादन बढे पनि स्याउको उचित मूल्य किसानले अझै पाएका छैनन्। स्याउ टिपेपछि भण्डारण गर्ने शीतभण्डार, आधुनिक प्याकेजिङ, ग्रेडिङ, र ढुवानी प्रबन्धनमा कमजोरी छ । फलत ः धेरै स्याउ खेर जाने गरेको छ ।

    सरकारी प्रयास: स्याउ विकास बोर्डको तयारी

    सरकारले अब स्याउ खेती एकीकृत गर्न स्याउ विकास बोर्ड गठनको तयारी गरिरहेको छ । बोर्डमार्फत नीति निर्माण, अनुसन्धान, बजारीकरण र प्रशोधनमा एकद्वार प्रणाली लागू गरिने छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि किसानलाई बिरुवा, औजार, सिँचाइ र प्याकेजिङमा अनुदान दिँदै आएको छ ।

    अवसर: आत्मनिर्भरता र ब्रान्डिङको सम्भावना

    ऋति फाउन्डेसनको अध्ययन अनुसार, स्थानीय–प्रदेश सरकार तथा सहकारीहरूले संकलन केन्द्र, ग्रेडिङ उपकरण, र प्रशोधन केन्द्र स्थापना गर्न सके, स्याउ उत्पादनले कर्णालीको अर्थतन्त्र नै बदल्न सक्छ । स्याउबाट जुस, जाम, साइडर जस्ता उत्पादनको प्रवद्र्धनले खेर जाने स्याउको पनि उपयोग हुनेछ । अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन विशेष लोगो, आधुनिक प्याकेजिङ र ब्रान्डिङ आवश्यक रहेको अध्ययनको सुझाव छ । किसानहरूलाई कीट व्यवस्थापन, आधुनिक कटाइ विधि, र भण्डारणसम्बन्धी तालिमहरू प्रदान गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ ।

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.