Close Menu
kanjirowatimes.com
    What's Hot

    📈 जुम्ला प्रतिनिधि सभा निर्वाचन २०२६ (२०८२) – लाइभ मत परिणाम

    March 6, 2026

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • 📈 जुम्ला प्रतिनिधि सभा निर्वाचन २०२६ (२०८२) – लाइभ मत परिणाम
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Sunday, March 8
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»जुम्लामा दुई महिनामै चट्याङले ३४ लाखभन्दा बढीको क्षति, किसानको भेडापालन व्यवसाय संकटमा
    समाचार

    जुम्लामा दुई महिनामै चट्याङले ३४ लाखभन्दा बढीको क्षति, किसानको भेडापालन व्यवसाय संकटमा

    dipakBishwakarmaBy dipakBishwakarmaJuly 15, 2025Updated:July 15, 2025No Comments3 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्ला पछिल्ला दुई महिनाको अवधिमा जुम्लामा चट्याङ, पहिरो र अन्य प्राकृतिक विपत्तिका कारण ३४ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। यस घटनाले भेडापालनमा आश्रित किसानको जीविकोपार्जन नै संकटमा पारेको छ।

    गत जेठ ४ गते गुठीचौर गाउँपालिका–२ झुलेनी पाटनमा चट्याङ पर्दा २२ भेडाबाख्रा मरे। गुठीचौरका हिराबहादुर ऐडीका १६ र धनकृष्ण रोकायाका ६ वटा भेडाबाख्रा मरेपछि करिब ३ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको थियो। चरनबाट फर्काउने क्रममा पानी परेपछि रुखमुनि ओत लागिरहेका बेलामा चट्याङ परेको थियो।

    त्यसैगरी जेठ ८ गते तातोपानी गाउँपालिका–८ की २७ वर्षीया कल्पना शाही चट्याङ लागेर ज्यान गुमाइन्। यार्सागुम्बा संकलन गर्न सुब्बाकुना पाटन गएकी शाहीलाई यार्सा टिप्ने क्रममा चट्याङ लागेको हो।

    जेठ १६ गते पातारासी गाउँपालिका–२ को लम्तेली पाटनमा चुम्मा बुढाका पाँचवटा भेडा मरे भने सातवटा घाइते भए। यसबाट १ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको थियो।

    यही असार २३ गते गुठीचौर–५, धौलीगाडको ठूलो हाँका पाटनमा परेको चट्याङले १९७ वटा भेडा मारे। घटना छानबिनमा खटिएको प्रहरीका अनुसार ६ जना किसानका भेडा मरेका थिए।

    पशु सेवा कार्यालयका अनुसार हालसम्मको तथ्यांकमा चट्याङबाट १३ वटा बाख्रा, ५ वटा थुमा (साढ), ३२ वटा खसी र १४७ वटा भेडा मरेका छन्। आर्थिक रुपमा मूल्यांकन गर्दा मात्रै २५ लाख ७४ हजार रुपैयाँ बराबरको क्षति देखिएको छ। जिल्ला प्रशासनले तोकेको मूल्यअनुसार भेडाको दर १५ हजार, बाख्राको १३ हजार र साढको ४० हजार रुपैयाँ रहेको छ।

    यसका साथै, सिंजा गाउँपालिका–६ भाडगाउँका ५२ वर्षीय गोठाला धनबहादुर रावत चट्याङ लागेर गम्भीर घाइते भएका छन्। उनको कपडासमेत च्यातिएको र अवस्था गम्भीर भएकाले उनलाई काठमाण्डौस्थित टिचिङ अस्पताल रिफर गरिएको हो।

    असार १६ गते तातोपानी गाउँपालिका–८ राक्से पाटनमा बाढीपहिरोले २२ वटा भेडा बगायो, जसमा ४ वटा मृत अवस्थामा भेटिए। सर्पराज रावत, अमर रावत र लालसिंह रावतका भेडा बेपत्ता भएका हुन्।

    जुम्ला जिल्लालाई भेडापालनको पकेट क्षेत्र मानिन्छ। यहाँ १७ सयभन्दा बढी भेडा किसान छन् भने ८८ हजार ३ सय ८८ भेडा र ४३ हजार ३ सय ६ बाख्रा पालिएका छन्। तर, प्रत्येक वर्ष चट्याङजस्ता प्राकृतिक विपत्तिबाट ठूलो क्षति हुने गरेको छ।

    किसान गोविन बुढाका अनुसार, वर्षायाममा भेडा अस्थायी गोठ वा ओत लाग्न झ्याम्म भएर बस्ने हुँदा चट्याङ लाग्ने जोखिम उच्च हुन्छ। तर पशु बिमा अनिवार्य नभएको, किसानलाई चेतना नपुगेको र क्षति भएका किसानलाई राहत नपाएको कारण भेडापालन व्यवसाय नै संकटमा परेको उनी बताउँछन्।

    पशु कार्यालय प्रमुख ज्ञानेन्द्रसिंह बुढथापा भन्छन्, “पाटन र खर्क क्षेत्रमा व्यवस्थित भेडीगोठको अभाव, कमजोर भौतिक पूर्वाधार, चरणक्षेत्रको सीमितता तथा खर्क सुधारमा ध्यान नदिई एकोहोरो पशुपालनले गर्दा जोखिम बढेको हो।”

    उनका अनुसार अबको नीति पाटनमा संरचना निर्माण, गोठ सुधार, चरण क्षेत्रको संरक्षण र विस्तारतर्फ जानु जरुरी छ। यस्ता प्राकृतिक प्रकोपबाट बच्न दीर्घकालीन योजना आवश्यक भइसकेको छ।

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.