जलवायु परिवर्तन सम्बन्धी जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर २ को सत्कार होटलमा पाँच दिने विपत् व्यवस्थापन का लागि जलवायु परिवर्तनसम्बन्धी प्रशिक्षण तालिम सञ्चालन हुँदै आइरहेको छ। विभिन्न व्यक्तिहरूको क्षमता अभिवृद्धि विकास गर्न र जलवायु सम्बन्धी गाउँँगाउँमा जनचेतनामूलक सन्देशहरू दिनका लागि जलवायु सम्बन्धी अभियानमा जुट्न विपत् व्यवस्थापन न्यूनीकरण तालिम सञ्चालन गरिएको हो।
शुक्रबारदेखि तालिम विभिन्न स्थानीय युवाहरूको क्षमता अभिवृद्धि विकास गर्न यहाँ सिकेका कुराहरूलाई व्यवहारिकतामा उतार्नका लागि सोही प्रशिक्षण पाँच दिने तालिम २ गतेदेखि ६ गतेसम्म उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
सोही कार्यक्रममा २५ जना मध्ये १२ जना युवा कालिकोट बाट आएका छन् भने १३ जना जुम्लाका विभिन्न पालिकाहरू मध्यबाट युवाको प्रतिनिधित्व गरी सहभागी भएका छन् युवा जनशक्ति विकास गर्नको लागि विपत् व्यवस्थापन सम्बन्धी पाँच दिने विपत् व्यवस्थापन प्रशिक्षण तालिम मा विभिन्न निकायहरूको समर्थनबाट यो कार्यक्रम सञ्चालन हुन गइरहेको छ।
तेस्तै कार्यक्रम मा विभिन्न क्रियाकलाप गरी पाँच दिने विपत व्यवस्थापन न्यूनीकरण तालिम मा सहभागी हुनुभएका २५ जना युवाहरूले केही सिकेको कुराहरू व्यवहारिकतामा लागू गर्न उत्प्रेरणा भएको र विभिन्न माध्यमहरूमा यो विपत् व्यवस्थापन न्यूनीकरण तथा जलवायु परिवर्तन सुधारका पक्षहरूलाई अग्रसरता दिँदै आगामी दिनहरूमा विपत व्यवस्थापन न्यूनीकरण जलवायु परिवर्तनसम्बन्धी अभियानमा जुट्नुपर्छ हाम्रा गाउँ ठाउँमा भएका जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न सक्ने प्रयास गर्छौं भनि सहभागी अप्सरा विश्वकर्मा को भनाइ छ।
उक्त विपत व्यवस्थापन न्यूनीकरण तालिममा सत्कार होटलको सहजीकरण वा किडाक नेपाल जुम्लाको आयोजना तथा विभिन्न निकायहरूको समर्थन मा विपत व्यवस्थापन न्यूनीकरण तालिम सञ्चालन भइरहेको छ भनि परियोजना संयोजक – जलवायु विज्ञ दिपेश आचार्यले जानकारी दिनुभएको छ
