Close Menu
kanjirowatimes.com
    What's Hot

    📈 जुम्ला प्रतिनिधि सभा निर्वाचन २०२६ (२०८२) – लाइभ मत परिणाम

    March 6, 2026

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • 📈 जुम्ला प्रतिनिधि सभा निर्वाचन २०२६ (२०८२) – लाइभ मत परिणाम
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Monday, March 9
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»आज देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
    समाचार

    आज देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

    dipakBishwakarmaBy dipakBishwakarmaJuly 19, 2025Updated:July 19, 2025No Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    हाल देशभर मनसुनी प्रणाली सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको र यसले देशभरको मौसममा प्रभाव पारिरहेको विभागले जनाएको छ।

    अहिले देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ भने बाँकी भू-भागमा आंशिक बदली देखिएको छ। कोशी, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    दिउँसोको लागि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भागहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी र हिमाली क्षेत्रमा समेत हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

    रातिको समय पनि आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशका धेरै स्थानहरू, मधेश र बागमती–गण्डकी प्रदेशका केही स्थानहरूमा, तथा अन्य क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने सम्भावना छ। विशेषगरी कोशी र गण्डकी प्रदेशका एक–दुई ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

    यसैबीच, सम्भावित भारी वर्षाका कारण भू–क्षय, बाढी, पहिरो, गेग्रान बहाव जस्ता प्राकृतिक जोखिमहरू बढ्न सक्ने हुँदा सतर्क रहन महाशाखाले आग्रह गरेको छ। शहरी तथा तराई क्षेत्रहरूमा डुबान, खोलानालामा पानीको सतह वृद्धि, यातायात अवरोध, कृषिजन्य क्षति, स्वास्थ्य सेवा, पर्यटन र निर्माण क्षेत्रमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता र तयारी राख्न आम नागरिक तथा सम्बन्धित निकायहरूलाई अनुरोध गरिएको छ।

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.