Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Thursday, April 30
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»राजनीति»तरुण दल जुम्ला नेतृत्वका लागि ६ युवा नेताबीच प्रतिस्पर्धा
    राजनीति

    तरुण दल जुम्ला नेतृत्वका लागि ६ युवा नेताबीच प्रतिस्पर्धा

    dipakBishwakarmaBy dipakBishwakarmaJuly 26, 2025Updated:July 26, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाल तरुण दल जुम्लाको नयाँ जिल्ला नेतृत्व चयनका लागि निर्वाचन हुन लागेपछि जुम्लाको युवा राजनीतिमा सरगर्मी बढेको छ। पाँचौँ जिल्ला अधिवेशनअन्तर्गत अध्यक्ष पदमा आधा दर्जन युवाले उम्मेदवारी दिएपछि प्रतिस्पर्धा चुलिएको छ।

    निर्वाचन समितिका संयोजक भक्त बुढाका अनुसार अध्यक्ष पदका लागि सिंजा क्षेत्रबाट तीन र खलंगा क्षेत्रबाट तीन गरी कुल छ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

    सिंजा क्षेत्रका तीन उम्मेदवार:

    सिंजा क्षेत्रबाट उम्मेदवारी दिएका सञ्जीव रावल, रतन शाही र भरत शाही सबैजना विद्यार्थी राजनीतिबाट हुँदै तरुण दलको सक्रिय भूमिकामा पुगेका हुन्।
    सञ्जीव रावल काठमाडौंको शंकरदेव क्याम्पसमा नेविसंघ इकाई सदस्य हुँदै केन्द्रीय तहसम्म पुगेका नेता हुन्। संगठनप्रति निष्ठा राख्ने रावल अहिले तरुण दलमा क्रियाशील छन्।

    रतन शाही हिमा गाउँपालिका–१ का वर्तमान वडा अध्यक्ष हुन्। उनी विद्यार्थी कालदेखि नै कांग्रेस राजनीतिमा संगठित ढंगले सक्रिय रहँदै आएका छन्। उनको नेतृत्वदक्षता र संगठन निर्माणमा विशेष पहिचान रहेको छ।

    भरत शाही पनि विद्यार्थी राजनीतिबाट हुर्किएर तरुण दलमा सकृय रहेका युवा नेता हुन्। उनी युवामाझ लोकप्रिय छन् र पार्टीको सिद्धान्तप्रति प्रतिबद्धताका साथ अघि बढिरहेका छन्।

    खलंगा क्षेत्रका तीन उम्मेदवार:

    खलंगा क्षेत्रबाट भने हेम बुढथापा, राजेन्द्र श्रेष्ठ र विरेन्द्र शाही प्रतिस्पर्धामा छन्।

    हेम बुढथापा चन्दननाथ नगरपालिका–२ का वडा अध्यक्ष हुन्। कम्युनिस्ट प्रभाव रहेको क्षेत्रमा कांग्रेसको विजय दिलाएका बुढथापा विद्यार्थी राजनीतिबाट हुर्किएका र निर्णयमा दृढता देखाउने नेताका रूपमा चिनिन्छन्।

    राजेन्द्र श्रेष्ठ चन्दननाथ–५ निवासी श्रेष्ठ विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। निरन्तर पार्टी सक्रियतामा लागिरहेका उनले यो अधिवेशनमा युवा नेतृत्वको दाबी प्रस्तुत गरेका छन्।

    विरेन्द्र शाही तातोपानी गाउँपालिका निवासी शाही सामाजिक गतिविधिमा समेत सक्रिय छन्। युवाको हकहितका सवालमा लामो समयदेखि आवाज उठाउँदै आएका उनी युवामाझ लोकप्रिय व्यक्तित्व मानिन्छन्।

    छ जना उम्मेदवार मैदानमा उत्रिएपछि कांग्रेस र यसको भ्रातृ संगठनभित्र युवा नेतृत्वको प्रतिस्पर्धा निकै रोचक बनेको छ। उम्मेदवारहरू आ–आफ्नो पक्षमा जनमत बटुल्न जुटिरहेका छन् भने कार्यकर्ताबीच लोकतान्त्रिक प्रक्रियाले सकारात्मक ऊर्जा थपेको छ।

    अब निर्वाचनबाट को नेता बन्ने भन्ने प्रश्नले तरुण दल मात्रै होइन, सिंगो कांग्रेस युवा अभियानलाई नै चासोको केन्द्र बनाएको छ।

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.