Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Wednesday, April 15
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»जीवन»मनोरञ्जन»साउन महिनासँगै गज्याङकिडीको रमणीय आवाजले गुन्जन्छ जुम्लाको वनजङ्गल
    मनोरञ्जन

    साउन महिनासँगै गज्याङकिडीको रमणीय आवाजले गुन्जन्छ जुम्लाको वनजङ्गल

    dipakBishwakarmaBy dipakBishwakarmaJuly 29, 2025Updated:July 29, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाल प्राकृतिक विविधता र जैविक सम्पदाले भरिपूर्ण देश हो। विशेषगरी हिमाली भेगमा पर्ने कर्णाली प्रदेशका जुम्ला, कालिकोट, मुगु, डोल्पा र हुम्ला जिल्लाका हरियाली वनजङ्गलमा साउन लागेपछि विशेष प्रकारको किराको आवाज सुनिन्छ गज्याङकिडीको।

    प्रत्येक वर्ष असार १५ बाट साउन १५ सम्मको समय गज्याङकिडीको जीवन चक्रको सक्रिय चरण मानिन्छ। यो एक महिनाको अवधिमा वनजङ्गलहरू उनीहरूको आवाजले गुन्जिन्छन्। हरियाली घना बन, बर्खाको सिमसिमे झरी र ओसिलो वातावरण उनीहरूको लागि उपयुक्त बासस्थान बनाउँछ।

    जुम्लाको चन्दनाथ नगरपालिका, गुठीचौर, तातोपानी, तिला, हिमा र सिजा गाउँपालिकाभित्रका जङ्गलहरूमा गज्याङकिडीको आवाज सजिलै सुन्न सकिन्छ। मानिसहरू गाईबस्तु चराउन वा अन्य कामले जंगल जाँदा यो आवाजले स्वागत गर्छ। वनपंक्षीहरूको चिरबिर आवाजसँगै गज्याङकिडीको तालबद्ध ध्वनि एकप्रकारको प्राकृतिक संगीतझैँ लाग्छ।

    चन्दनाथ नगरपालिका वडा नं. ३ निवासी सुभाष चन्द्र शाही भन्छन्, “गज्याङकिडीको आवाज सुन्दा मलाई अत्यन्तै रमाइलो लाग्छ। यो एक महिना मात्रै सुनिन्छ र फेरि हराएर जान्छ।”

    त्यस्तै, सिजा गाउँपालिका–३ स्थित श्री भैरव माध्यमिक विद्यालय नराकोट नजिकको पोरि  वन क्षेत्रमा साँझपख गज्याङकिडीको आवाज स्कुल छात्रावासमा बस्ने विद्यार्थीहरूको प्रिय साथी बनेको छ। उनीहरू भन्छन्, “वनतिर जानासाथ सिमसिमे झरीमा बास गरिरहेका गज्याङकिडीको आवाज सुन्दा प्रकृतिसँग रमाउँछौं।”

    गज्याङकिडी मात्र एक सानो कीरा भए पनि यसको मौसमी उपस्थितिले वनजङ्गलमा जीवनको गति र मौसमी परिवर्तनको संकेत दिन्छ। भदौ लागेपछि यो हराउँछ र अर्को बर्षको असारमा फेरि फर्किन्छ।

    यसरी गज्याङकिडीको आवाज जुम्लाको वन क्षेत्रको विशेषता बनेको छ। यो आवाजले  केवल वनलाई रमणीय बनाउँछ, तर मानिसहरूको मनमा पनि सन्तुष्टि र आनन्दको अनुभूति गराउँछ। जस्तो कि जङ्गलले एउटा आत्मा पाएको होस् जस्तो लाग्ने गर्छ। भनी सोही सिजा गाउँपालिकाका वडा नं ३ नराकोटका स्थानीय  भिम राना ले बताएका छन्।

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.