Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Friday, April 17
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»Uncategorized»मुगुमा नेपाली सेनाको बोलेरो जिप दुर्घटना, एक अमल्दारको ज्यान गयो
    Uncategorized

    मुगुमा नेपाली सेनाको बोलेरो जिप दुर्घटना, एक अमल्दारको ज्यान गयो

    dipakBishwakarmaBy dipakBishwakarmaJanuary 5, 2026Updated:January 5, 2026No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    मुगु — मुगु जिल्लाको नाग्मा–गमगढी सडकखण्डमा नेपाली सेनाको बोलेरो जिप दुर्घटना हुँदा एक जना अमल्दारको मृत्यु भएको छ। छायाँनाथ रारा नगरपालिका–७ स्थित आलाधुने खोलाको मोडमा आइतबार राति करिब १०ः२० बजे दुर्घटना भएको हो।

    रारा राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको श्री हनुमानध्वज गुल्मको सल्लेरी पोस्टबाट कनकासुन्दरी गाउँपालिका–१ बुलबुलेस्थित पोस्टमा बन्दोबस्ती सामग्री पुर्‍याएर फर्कने क्रममा नेपाली सेनाको ना १ झ १०३९ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

    दुर्घटनामा बैतडी जिल्लाको पाटन नगरपालिका–४ बगाडी स्थायी घर भई हाल हनुमानध्वज गुल्म रारामा कार्यरत अमल्दार हरि सिंह ऐरी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल मुगु पुर्‍याइएको भए पनि उपचारका क्रममा राति २ः१० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो।

    घटनाको जानकारी पाउनासाथ पिना प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक धनबहादुर कार्कीको नेतृत्वमा ६ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। साथै, नेपाली सेनाको हनुमानध्वज गुल्मबाट सेनानी ऋषिराम न्यौपानेको कमाण्डमा ११ जना र सशस्त्र प्रहरी बल नं. ४५ गुल्मबाट सशस्त्र प्रहरी सहायक निरीक्षक दोलख शाहीको नेतृत्वमा १० जनासहित जम्मा २७ जनाको उद्धार टोली परिचालन गरिएको थियो।

    उद्धार टोलीले चालक अमल्दार ऐरीलाई अचेत अवस्थामा उद्धार गरी अस्पताल पुर्‍याए पनि उनको ज्यान जोगाउन नसकिएको प्रहरीले जनाएको छ। मृतक अमल्दार ऐरीको जिल्ला अस्पताल मुगुमा पोस्टमार्टम सम्पन्न गरी नेपाली सेनाको हेलिकोप्टरमार्फत अन्त्येष्टिका लागि उनको जन्मथलो बैतडी जिल्ला पाटन नगरपालिका–४ बगाडी पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.