जुम्लाको तातोपानी गाउँपालिका–४ पाण्डेवाडामा ट्याक्टरबाट लडी एक वन कर्मचारी घाइते भएका छन्।
डिभिजन वन कार्यालय जुम्लामा कार्यरत ५५ वर्षीय खरिदार गणेश पाण्डे काठ बोकेको ट्याक्टर (क.१.त.१२ नं.) मा सवार रहँदा दिउँसो करिब २:३० बजे ट्याक्टरबाट खस्न पुगेका हुन्।
खसेर टाउकोमा चोट लागेका पाण्डेलाई सहकर्मी नायब सुब्बा रविन्द्र अधिकारीको सहयोगमा करिब ५:३० बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्याइएको थियो।
चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था अहिले स्थिर तथा मध्यम खालको रहेको छ।
दुर्घटनापछि ट्याक्टर र चालकलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले नियन्त्रणमा लिएको जनाएको छ।

