जापानको एउटा चिडियाखानामा जुलाई २०२५ मा जन्मिएको सानो जापानी बाँदर पन्च को कथा अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेको छ। जन्मसँगै आमाको माया गुमाएको पच्नको जीवन सजिलो थिएन। जन्मिएको केही समयमै उसकी आमाले उसलाई छाडेर गइन्, जसले गर्दा ऊ एक्लो र असहाय बन्यो।

तर पच्नको जीवनमा चिडियाखानाका कर्मचारीहरू अभिभावक बनेर आए। उनीहरूले पच्नलाई विशेष हेरचाह, माया र सुरक्षासहित हुर्काउन थाले। उसको मानसिक र भावनात्मक सुरक्षा सुनिश्चित गर्न कर्मचारीहरूले उसलाई एउटा सानो बाँदरको पुतली दिए। त्यो पुतली पच्नका लागि खेलौना मात्र रहेन, बरु आमाको प्रतीक बन्यो।

त्यस दिनदेखि पन्च जहाँ जान्छ, त्यो पुतली पनि सँगै हुन्छ। ऊ त्यसलाई अँगालो हाल्छ, जोगाएर राख्छ र कसैले नलियोस् भनेर सचेत रहन्छ। पच्नको यो व्यवहारले प्राणीहरूमा पनि गहिरो भावना र माया चाहिने कुरा स्पष्ट देखाउँछ।

पछि जब पच्नलाई अन्य बाँदरहरूको समूहमा सामेल गराइयो, सुरुमा ठूला बाँदरहरूले उसलाई स्वीकार गरेनन्। उसलाई डर देखाइयो, टाढा राखियो। तर समयसँगै पन्च बिस्तारै घुलमिल हुन थाल्यो। अहिले ऊ अरू बाँदरहरूसँग खेल्न थालेको छ र समूहको एक सदस्य बन्दै गएको छ।

पच्नको कथा केवल एउटा बाँदरको कथा होइन, यो माया, हेरचाह र धैर्यको शक्ति हो। यसले देखाउँछ कि साना प्राणीहरू पनि भावनाले भरिएका हुन्छन्। उचित माया र संरक्षण पाएमा, उनीहरू पनि सुरक्षित महसुस गर्छन् र जीवनमा अघि बढ्न सक्छन्।

यो कथा मानव समाजका लागि पनि एउटा महत्वपूर्ण सन्देश महामाया र हेरचाहले जीवन बदल्न सक्छ, चाहे त्यो मानिस होस् वा सानो प्राणी।

Share.

Leave A Reply

Exit mobile version