जुम्ला एक थोपा रगत, अनन्त आशीर्वाद भन्ने मूल नारासहित ब्रम्हाकुमारी ईश्वरी विश्वविद्यालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममार्फत १४ जना व्यक्तिले रक्तदान गरेका थिए। रक्तदानलाई सेवाभाव र मानवीय जिम्मेवारीको प्रतीकका रूपमा अघि बढाउँदै विश्वविद्यालयले आगामी दिनहरूमा पनि यस्ता अभियान निरन्तर सञ्चालन गर्ने जनाएको छ।

कार्यक्रमका क्रममा ब्रम्हाकुमारी मिना रानाले समाजसेवा, आध्यात्मिकता र मानवताको उत्थानमा राज्ययोगिनी दादी प्रकाशमणीले पुर्‍याएको योगदानबारे विशेष उल्लेख गर्दै उहाँको जीवन आजका लागि प्रेरणादायी मार्गदर्शक रहेको बताइन्।

आयोजकले रक्तदान अभियानले केवल जीवन बचाउने मात्र नभई समाजमा सहयोग र दानको संस्कृतिलाई बढावा दिने उद्देश्य राखेको जानकारी दिएको छ।

रगतदान गर्ने सहभागीहरूले आफ्नो सानो योगदानले अरूको जीवन रक्षा गर्न सक्ने अवसर पाउनु गर्वको विषय भएको अनुभव व्यक्त गरे।

Share.

Leave A Reply

Exit mobile version