जुम्लाको सिँजा गाउँपालिका–३ स्थित नराकोटमा को कार्यालयमा तालाबन्दी भएको छ स्थानीय संयुक्त स्थानीय संगठनहरूका नेताहरूले मंगलबार बिहान तालाबन्दी गरेका छन्। तालाबन्दीको नेतृत् सोही संगठनका नेपाली कांग्रेसका सभापति गाउँपालिकाका सभापति गोविन्द शर्माले गरेका हुन्।

कांग्रेस पक्षले चालु आर्थिक वर्ष ०८२/८३ को बजेट मनपरी ढंगले विनियोजन गरिएको आरोप लगाउँदै विरोध स्वरूप कार्यालयमा तालाबन्दी गरेका हुन्। उनीहरूले गाउँपालिकाले कुनै योजना, छलफल वा सरोकारवाला निकायहरूसँग समन्वय नगरी, नेकपा माओवादी केन्द्र निकट नेताहरूको बैठकबाटै बजेट पारित गर्न खोजेको दाबी गरेका छन्।

सभापति शर्माले भने, “बजेट विनियोजन प्रक्रियामा कानूनी औपचारिकता र जनप्रतिनिधिहरूको सहभागिता नलिई मनोमानी गरिएको छ। यस्तो कार्यप्रति हामी गम्भीर आपत्ति जनाउँछौँ।”

तालाबन्दीका कारण कार्यालयबाट प्रदान गरिने नियमित सेवा प्रभावित भएको छ भने सेवाग्राहीहरू काम नगरी फर्किनु परेको छ।

यस विषयमा गाउँपालिकाको तर्फबाट भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

Share.

Leave A Reply

Exit mobile version