जुम्लाको चन्दनाथ नगरपालिका वडा ५ टुँडिखेल को तल्लो गेट नजिक करेन्ट लागेर एक युवक गम्भीर घाइते भएका छन्।

खेलिरहेका बेला नाङ्गो विद्युत् तारमा छोएपछि तिला गाउँपालिका–६, घोडा गाउँका करिब १८ वर्षीय टेक बहादुर रोकाया घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रबिन बाबु रेग्मीले जानकारी दिएका छन्। उक्त तार खेलमैदान छेउकै बिजुलीको पोलमा झुण्डिएको थियो।

घटनापछि रोकायालाई तत्काल उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

स्थानीयबासीहरूले खुला रूपमा नाङ्गो तार छाडिएकै कारण यस्तो दुर्घटना भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरूले यस्ता खतरनाक अवस्थामा रहेका तारहरू तत्काल मर्मत गरी सुरक्षित बनाउन सम्बन्धित निकायलाई अनुरोध गरेका छन्।

Share.

Leave A Reply

Exit mobile version