जुम्लाको तातोपानी गाउँपालिका–५ लाम्रामा कमल सार्कीको घरमा आगलागी भएको छ। टिनले छाएको १२ कोठे कच्ची घरको पहिलो तलाबाट आगो सुरु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी हवल्दार रामप्रसाद बजगाईको नेतृत्वमा चार जनाको टोली खटिएको छ। त्यस्तै, कर्णाली विपद् व्यवस्थापन गुल्म जुम्लाबाट प्रहरी निरीक्षक प्रकाश हमालको कमाण्डमा १४ जनाको अतिरिक्त टोली पनि परिचालन गरिएको प्रहरीले जनाएको छ।
यससँगै सशस्त्र प्रहरी बल नम्बर ३३ गुल्म, जुम्लाको टोली समेत उद्धार र आगो निभाउने काममा संलग्न भएको छ। स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त प्रयासमा आगो नियन्त्रणका लागि प्रयासरत छन्।
आगोबाट भएको क्षतिको पूर्ण विवरण भने संकलन भइसकेको छैन।

