जुम्ला को पातारासि गाउँ पालिका वडा नं ४ लुम गाउँ को भेडालाइना भन्ने ठाउँमा घाँस काट्ने क्रममा भिडबाट लडेर एकजना महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पातरासी गाउँपालिका वडा नं ४ की स्थानीय कालिका नेपाली अन्दाजी ३० वर्षीय युवतीको बुधबार दिउँसो करिव ४ बजेतिर घाँस काट्ने क्रममा मृत्यु भएको हो भनि सोही गाउँका स्थानीय तथा उनका श्रीमान नन्न बहादुर नेपालीले जानकारी दिएका छन्।

उनका अनुसार घाँस काटिरहेकै क्रममा उनी भिरबाट लडेर करिब २०० मिटर तल खस्दासम्म पनि मैले थाहा पाएको थिएन एक्कासी फर्केर हेर्दा युवतीको २०० मिटर तल खसेकी थिइन् गएर हेर्दा मृत्यु नै भइसकेछ त्यसपछि आसपासमा घाँस काट्ने अरु मान्छेहरूलाई बोलाएका थिए ।

Share.

Leave A Reply

Exit mobile version