कल्पना रावत जुम्ला।

सिन्जा  जुम्ला, हिमालको काखमा बसोबास गर्ने सुन्दर जिल्ला हो। तर यहाँको जीवन सजिलो छैन। धेरै घरमा गरीबी, अशिक्षा र दैनिक संघर्ष छ। महिला हरेक बिहान उठ्छन्, खाना बनाउँछन्, घरको काम गर्छन्, बच्चाको हेरचाह गर्छन् र खेतबारीमा मेहनत गर्छन्। तर उनीहरूको आवाज प्राय सुन्ने कोही हुँदैन। समाजले उनीहरूको पीडा र भेदभावलाई नजरअन्दाज गर्छ।गाउँमा जात, वर्ग र गरिबीको भेदले महिलालाई बढी पीडा दिन्छ। कतिपयले स्वास्थ्य सेवा पाउँदैनन्, कतिपयले शिक्षाबाट बञ्चित रहन्छन्, र कतिपय महिला घरभित्रै हिंसा सहन बाध्य हुन्छन्।

सीमा (नाम परिवर्तन), गाउँकी २८ वर्षीया महिला, बाल्यकालदेखि नै कठिन परिस्थितिमा हुर्किइन्। विद्यालय जान टाढो बाटो पार गर्नु पर्थ्यो, खेतबारीमा मेहनत गर्नु पर्थ्यो र घरको जिम्मेवारी पनि निभाउनु पर्थ्यो। दलित र गरीब समुदायकी भएकाले उनी बारम्बार भेदभावको सामना गर्थिन्। कतिपय मानिसले उनी र अन्य महिलालाई कमजोर र कम मूल्यको रूपमा हेर्थे।सीमाले बारम्बार अनुभव गरिन समाजका केही मानिस महिला आवाज दबाउन खोज्छन्। तर उनी कहिल्यै हार मानिनन्।

सीमाको बाल्यकाल चुनौतीपूर्ण थियो। उनलाई धेरै पटक भेदभावको सामना गर्नु परेको थियो। कतिपय मानिसले उनलाई कम मूल्य ठान्थे। कतिपय नेताले गरीब महिला समुदायको भोट मात्र चाहन्थे, अधिकार दिन चाहँदैनथे। तर सीमा हार मानिनन्।उनी बिहान खेतबारीमा काम गर्थिन्, दिउँसो स्कूल जान्थिन् र साँझ घरको काम पूरा गर्थिन्। यी सबै बीच उनले गाउँकी अन्य महिलालाई पनि अघि बढ्न प्रेरित गरिन्। उनी सिकाइन नेतृत्व र साहसले मात्रै परिवर्तन सम्भव छ।सीमाले गाउँमा महिला नेतृत्वको उदाहरण बनेकी छिन्। उनले शिक्षा, स्वास्थ्य र सामाजिक न्यायका कार्यक्रम सुरु गरिन्। हिंसा र भेदभाव विरुद्ध आवाज उठाइन्।

उनले अन्य महिलालाई आफ्नो अधिकारका लागि बोल्न उत्प्रेरित गरिन्। उनको नेतृत्वले गाउँका गरीब र उत्पीडित महिलामा आशा जगायो। महिलाले नेतृत्व पाए मात्र समाजमा असमानता घट्छ। भ्रष्टाचारको प्रभाव कम हुन्छ। सीमाले बालबालिका, विशेषगरी केटीहरूलाई पढ्न प्रोत्साहन गरिन्। उनीहरूले सिके शिक्षा मात्र होइन, नेतृत्व र अधिकार पनि महत्वपूर्ण छ। सीमाले महिलालाई राजनीतिक चेतना सिकाउन पहल गरिन्। जब महिलाले आफ्नै अधिकारको लागि आवाज उठाउँछिन्, तब मात्र समाजमा परिवर्तन देखिन्छ।महिला नेतृत्व केवल अधिकारको कुरा होइन। यो समाजको उज्जवल भविष्य, समानता र मानव अधिकारको रक्षा हो।

सीमाले देखाइन् कि महिलाले नेतृत्व पाए मात्र हिंसा र भेदभावको चक्र टुट्छ। महिला शिक्षामा लगानी गर्दा, राजनीतिक चेतना बढाउँदा, कानुनी सुरक्षा सुनिश्चित गर्दा मात्र समाजमा असमानता घट्छ सीमाको संघर्ष, धैर्य र साहसले गाउँ र समाजमा वास्तविक परिवर्तन ल्याउन सक्छ।सीमाले महिला समूह गठन गरिन्। समूहले महिला शिक्षामा जोड दियो। महिलाहरूले आफ्नो आवाज उठाउन सिके। उनीहरूले बुझिन्  सिर्फ नारा मात्र पर्याप्त छैन। काममा विश्वास र नेतृत्वले मात्रै परिवर्तन ल्याउँछ।गाउँका पुरुष र नेताले सुरुमा विरोध गरे। तर सीमा हार मानिनन्। उनले देखाइन् कि दृढता र सुसंगठित प्रयासले असमानता घटाउन सक्छ।

सिन्जा जुम्लामा जात, वर्ग र गरिबीको भेदले महिलालाई धेरै पीडा दिन्छ। कतिपयले स्वास्थ्य सेवा पाउँदैनन्, कतिपयले शिक्षाबाट बञ्चित रहन्छन्, कतिपयले घरभित्रै हिंसा सहन बाध्य हुन्छन्। सीमा यी सबै पीडालाई देखिन् र परिवर्तन ल्याउन अग्रसर भइन्।उनले गाउँका महिलालाई अधिकार र नेतृत्वका लागि प्रशिक्षण दिइन्। जब महिलाले आवाज उठाउँछिन्, तब समाजमा वास्तविक परिवर्तन सम्भव हुन्छ। समाजमा नयाँ आशा ल्याउँछ। महिलाले नेतृत्व पाए मात्र असमानता, भ्रष्टाचार र हिंसा कम हुन्छ। गाउँका महिलाहरूले आफ्नो आवाजको मूल्य बुझ्न थालिन्। उनीहरूले सिके  सिर्फ नारा होइन, काम र साहसले मात्रै परिवर्तन सम्भव छ।सीमा आफ्नो जीवन उदाहरण बनाइन्। उनी अन्य महिलालाई देखाउँछिन्  कसरी पीडा र भेदभावका बाबजुद पनि नेतृत्व र परिवर्तन सम्भव छ।

सीमाको प्रयासले गाउँमा शिक्षा, स्वास्थ्य र सामाजिक न्याय सुधार भएको छ। अन्य महिलाहरू पनि नेतृत्वमा सक्रिय हुन थाले। अब गाउँमा महिलाको आवाज सुन्ने वातावरण बनिरहेको छ।

महिला नेतृत्व केवल व्यक्तिगत अधिकारको कुरा होइन। यो सम्पूर्ण समाजको उज्जवल भविष्य र समानताको कुरा हो।

अब निर्णय हाम्रो हातमा छ के हामी महिलालाई नेतृत्वमा ल्याएर समाजमा वास्तविक परिवर्तन ल्याउनेछौं, या पीडालाई निरन्तर बस्न दिनेछौं? सिन्जा–जुम्लाका महिलाको पीडा हाम्रो जिम्मेवारी हो। उनीहरूको कथा सुन्नु मात्र होइन, उनीहरूको आवाजलाई शक्ति बनाउनु हाम्रो कर्तव्य हो।

Share.

Leave A Reply

Exit mobile version