जुम्लाको पातारासी गाउँपालिका–५ लासी बजारमा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ।

चन्दननाथ नगरपालिका–१ आचार्यवाडा निवासी र हाल लासी बजारमा होटल सञ्चालन गर्दै आएका ३१ वर्षीय अर्जुन महताराको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी रबिन बाबू रेग्मीले जानकारी दिए।

उनका अनुसार आइतबार राति करिब १० बजेर ३० मिनेट जाँदा आफ्नै घरमा सीसीटीभी (CCTV) क्यामेरा जडान गर्ने क्रममा महतारालाई करेन्ट लागेको थियो।

गम्भीर घाइते अवस्थामा रहेका उनलाई मित्जु गणेश बुढाले तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएका थिए। तर, उपचारको क्रममा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share.

Leave A Reply

Exit mobile version