जुम्ला । जुम्ला को चन्दनाथ नगरपालिका–७ स्थित यातायात कार्यालय नजिक एक दु:खद मोटरसाइकल दुर्घटना भएको छ। सडक किनारमा पार्किङ गरिएको ट्याक्टरमा तीव्र गतिमा आएको मोटरसाइकल ठोकिँदा चालकको घटनास्थलमै मृत्यु भएको हो भने पछाडि सवार एक महिला घाइते भएकी छन्।
ट्राफिक प्रहरी हवल्दार झलक गिरीका अनुसार अत्यधिक गतिका कारण नियन्त्रण गुमाएर मोटरसाइकल ट्याक्टरमा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
दुर्घटनामा पातारासी गाउँपालिका–३ हुरी गाउँका जनबहादुर बुढाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
घाइते महिलालाई तत्काल उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगिएको जनाइएको छ।

