जुम्ला जुम्लामा अल्ट्र रारा मेराथोन दौड प्रतियोगिता आउँदो यही वैशाख २७ गते सुरु हुने भएको छ।कर्णालीको खेलकुद विकास, साहसिक खेल पर्यटनको प्रवर्द्धन र स्थानीय प्रतिभा पहिचानको लागि स्थापित जुम्ला–रारा अल्ट्रा म्याराथनको छैटौं संस्करण यही वैशाख २७ गते आयोजना हुने भएको हो जिल्ला खेलकुद विकास समितिमा दर्ता भई सामाजिक तथा बालबालिकाको उत्थानमा सक्रिय पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रुपमा विकसित गर्ने, उदेश्यले आयोजना हुन लागेको यो दौड प्रतियोगिता वरिष्ठ एथलेटिक्स प्रशिक्षक हरिबहादुर रोकायको नेतृत्वमा सञ्चालन हुन लागेको जनाइएको छ
यसपटकको दौड प्रतियोगितामा पहिलाको भन्दा अहिले दुई किलोमिटर थप गरिएको छ पहिलाको समयमा ४९ किलोमिटर थियो भने अहिलेको प्रतियोगितामा ५१ किलोमिटर रहेको जनाएको छ वैशाखको पहिलो हप्ताभित्रमा खेल सञ्चालन भइसक्थ्यो भने अहिलेको समय समय अवधिदेखि वैशाखको अन्तिम हप्ता को शनिबारसम्म सम्पन्न भइसक्ने आयोजक समितिले जानकारी दिए
दौडको मार्गसमेत यस वर्ष केही परिमार्जन गरिएको छ। न्याउरीघाटदेखि मिलीचौरसम्मको रुट परिवर्तन गरिएको छ, जसले प्रतियोगितामात्र होइन, पदयात्रा प्रवर्द्धनमा समेत सहयोग गर्ने आयोजकको विश्वास छ। नयाँ रुटले स्थानीय चरन क्षेत्र, घाँसदाउरा तथा वन पैदावार उपयोगमा समेत सहजता ल्याउने अपेक्षा गरिएको छ। दौडको समापन रारातालको किनार हुँदै ठाकुरबाबाको मन्दिर र हुटुस्थित रारामै हुनेछ।
प्रतियोगितामा स्वदेशी तथा विदेशी धावकहरूको सहभागिता अपेक्षित गरिएको छ। सार्क राष्ट्रका धावकहरूका लागि दर्ता शुल्क १४,५०० रुपैयाँ तोकिएको छ भने अन्य विदेशी धावकका लागि २०,००० रुपैयाँ तोकिएको छ। नेपाली तथा स्थानीय धावकहरूका लागि शुल्क ५,००० रुपैयाँ राखिएको छ। सहभागीलाई पार्क पर्मिट, टिसर्ट, चेष्ट नम्बर, भोजन, चेकप्वाइन्ट खाजा, रारामा बास र जुम्लासम्मको यातायातको व्यवस्था गरिनेछ। साथै, ५ किलोमिटर खुल्ला दौडमा सहभागी उद्योगी, व्यापारी तथा कर्मचारीका लागि ५०० रुपैयाँ र १९ वर्ष मुनिका विद्यार्थीका लागि १० किलोमिटर दूरीको दौडमा १०० रुपैयाँ मात्र शुल्क तोकिएको बताइएको छ
प्रतियोगिताबाट संकलित दर्ता रकमको १० प्रतिशत रकम प्रशिक्षण भवन निर्माणको लागि छुट्याइनेछ। संरक्षक हरिबहादुर रोकायले प्रदान गरेको जग्गामा उच्च स्तरीय प्रशिक्षण केन्द्रको निर्माण गरिने योजना रहेको आयोजक समितिले जानकारी दिएको हो। यसका लागि विभिन्न निकाय, व्यक्ति तथा संस्थाहरूसँग सहयोगको अपेक्षा को पनि आशा गरिएको छ
प्रतियोगिताको लागि अनुमानित खर्च २५ लाख ७४ हजार रुपैयाँ रहेको छ। यसमा पुरस्कार, प्रचार–प्रसार, टी–शर्ट, चेष्ट नम्बर, स्टेज, गेट, बास र खाना व्यवस्थापन, औषधोपचार, बीमा, कर्मचारी व्यवस्थापन, रुट निर्माण तथा विविध खर्चहरू समावेश छन्। हालसम्म उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय जुम्ला, राष्ट्रिय खेलकुद परिषद् र चन्दननाथ नगरपालिकाबाट आंशिक आर्थिक स्रोत सुनिश्चित भएको र थप आवश्यक रकमका लागि स्थानीय पालिकाहरू तथा साझेदार संस्थाहरूसँग समन्वय भइरहेको आयोजकले जानकारी दिएको हो। जुम्ला-रारा अल्ट्रा म्याराथन प्रत्येक वर्ष भइरहेको छ,भने यसलाई संस्कृतिको रुपमा विकास गर्ने आयोजकको लक्ष्य रहेको जनाइएको छ
Trending
- तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
- गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
- हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
- फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
- माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
- 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
- कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
- चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित

