जुम्ला बहुमुखी क्याम्पस जुम्लामा नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा सम्मान र निवर्तमान सोबियु प्रतिनिधि र। यही क्याम्पसमा कार्यरत
अवधि सकिसकेका कर्मचारीहरूलाई विदाई कार्यक्रम सम्पन्न गरेको छ।
भन्ने गरिन्छ पुरानालाई प्रस्थान र नयाँलाई सम्मान भन्ने मूल नारा लाई अग्रसरता दिँदै जुम्ला बहुमुखी क्याम्पस जुम्ला मा स्वतन्त्र विद्यार्थी युनियन ले यो कार्यक्रम सञ्चालन गरेको हो।
जुम्ला बहुमुखी क्याम्पस जुम्ला स्वतन्त्र विद्यार्थी युनियन को आयोजनामा आइतबार बिहान ७ बजे यो कार्यक्रम सञ्चालन भएको हो उक्त कार्यक्रममा प्रमुख अतिथिमा जुम्ला बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख डम्बरबहादुर महत को प्रमुख अतिथिमा यो कार्यक्रम सञ्चालन भएको थियो।
भने उक्त कार्यक्रममा नयाँ आएका विद्यार्थीहरूलाई स्वागत अनि सम्मान र निवर्तमान सोबियु प्रतिनिधिलाई र यही क्याम्पसमा कार्यरत अवधि पुगिसकेका कर्मचारीहरूलाई विदाई कार्यक्रम सञ्चालन गरेको हो भनी स्वतन्त्र विद्यार्थी युनियन जुम्ला बहुमुखी क्याम्पसका सभापति लोकेन्द्र बुढाले जानकारी दिएका छन्।

