जुम्ला जेष्ठ लागेसँगै जुम्लाका किसानहरू धान रोप्नमा व्यस्त छन्। कर्णाली प्रदेशको हिमाली जिल्लामा पर्ने जुम्ला जिल्लामा वैशाख सकिए लगत्तै जेष्ठ महिनामा किसानहरू जौँ गहुँ काट्ने र धान रोप्नमा अति व्यस्त देखिन्छन् ।
त्यसै वैशाख सकिए लगत्तै जेष्ठ को पहिलो हप्तादेखि जुम्लामा काली मार्सी धान रोप्ने कार्य गरिन्छ जेष्ठ असारमा विशेषगरी धान रोप्ने गरिन्छ जुम्लामा अहिलेको यो समय भनेकै किसानहरूको जाउँ र गहुँ भित्र्याउने धान रोप्ने समय भएको पाइन्छ। हिउँदेबाली पौष माघमा लगाएको जौँ गहु जेष्ठ मा भित्र्याइने गरिन्छ जौ गहुँ काटे लगत्तै धान रोप्ने कार्य गरिन्छ। अहिलेको यो समय भनेको विशेषगरी जुम्लामा धान रोप्ने समय भएको पाइन्छ।
यही समयमा धान रोपेकै कारणले गर्दा पहिलाको समयमा वर्षभरि खाना पुग्थ्यो। पहिलेको जस्तो अहिले नभए तापनि केही मात्रामा भने धान लगाउने र बाहिर बजारमा किनबेच भएको चामलसँग मिसाएर खाने गरिन्छ त्यसरी नै जुम्लाका किसानहरू आजभोलिका दिनहरूमा धान रोप्ने कार्य गर्दछन् । भने दशैं पछाडि नै धान भित्र्याउने र बाली लग्याउने काममा किसानहरू व्यस्त हुने गरेको देखिन्छन् भनी चन्द्राथ नगरपालिका वडा नम्बर ३ खोलिकोट गाउँका स्थानीय कृषक सुवास चन्द्र शाहीले बताएका छन्

