जुम्ला।   विश्वकै  २ हजार ८५०   मिटर  अग्लो  स्थानमा धान फल्ने ठाउ जुम्लाको पातारासी  गाउँपालिका वडा नम्बर ३ को छुमाचौर मा रोपाई महोत्सव कार्यक्रम सम्पन्न भएको छ।    प्रत्येक वर्ष  जेठ महिनाको ५ गते का। दिन  धान दिवसलाई मध्यनजर गर्दै जुम्लामा  २२  औ  धान दिवसलाई   जेठको ५ गते सोमबारका दिन पातारासी  गाउँपालिका वडा नम्बर ३ छुमाचौर  जिउलामा सोही कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा प्रमुख अतिथिमा पातारासी  गाउँपालिकाकी उपाध्यक्ष जन्माया रोकाएको नेतृत्वमा कार्यक्रम सञ्चालन भएको थियो भने   उहाँले भन्नुभयो पातारासी  गाउँपालिका को   छुमाचौरमा प्रशस्त मात्रामा   धान फल्छ तर   कालि मार्सी  धानको बजारीकरण व्यवस्थापन   हुँदैन   अबका दिनमा    केही व्यवस्थापन  गाउँपालिकाले गर्ने पहलमा   जुटेका छौँ।  विशेषगरी  पातारासी गाउँपालिकाका  स्थानीयहरूले   काली मार्सी धान लगाउन छोड्नुको   खास  कारण भनेकै   गाई वस्तु  चराउने  गर्ने  घेरबार नभएको कारणले गर्दा वा  जुम्लाको कालिमार्सी धानले बजारीकरण नपाएको हुनाले। कृषक कालि मार्सी   धान खेती गर्न छोडेर पाटनतिर यार्से गुम्बा सङ्कलन गर्नमा व्यस्त    छन् भनि पातरासी गाउँपालिकाकी उपाध्यक्ष  रोकायले बताएकी छन् ।

पातरासी गाउँपालिका वडा नम्बर ३ छुमाचौर विश्वको  अग्लो स्थानमा  मार्सी धान फल्ने ठाउँमा  २२ औ  धान दिवसलाई मध्यनजर गर्दै   जेठ ५ गते  पातारासी गाउँपालिका  को सहकार्य तथा    कृषि विकास कार्यालय जुम्लाको आर्थिक सहयोग र सहजीकरणमा कालि मार्सी धाम प्रशोधन तथा प्रवर्धन  समूहको आयोजना यो कार्यक्रम सम्पन्न भएको हो भनी कृषि प्रसार अधिकारी शेर बहादुर भण्डारीले बताएका छन्।

Share.

Leave A Reply

Exit mobile version