आकाश सुनार जुम्ला
जुम्ला :तिला गाउँपालिका ५का वडाध्यक्ष ललित बहादुर शाही माथी आइतबार साँझ चक्कु प्रहार भएको छ ।चक्कु प्रहारबाट घाइते भएका वडाध्यक्ष शाहीको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । वडा अध्यक्ष शाहीका अनुसार तिला ४ वडाको अनुगम सकेर घर फकिर्ने क्रमम एक्कासी पछाडीबाट चक्कु प्रहार भएको हो ।

त्यस्तै तिला गाउँपालिका ३का वडाध्यक्ष धन बहादुर शाहीले माथी पनी ढुङगा प्रहार भएको थियो ।उनको टाउकोमा हेल्मेट भएकाले ठुलो चोटपट खनलागेको हो ।उनका अनुसार ५का वडा अध्यक्ष चक्कु प्रहार बाट घाइते भएका छन । उनको शरिरको पछाडीको भागमा १७ वटा टाँका लगाइएको छ । वडाध्यक्ष शाहीका अनुसार उनीहरुले ज्यान मार्ने उद्देश्यले चक्कु प्रहार गरेकाले कानुनी उपाचारमा जाने बताए ।

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइते वडाध्यक्ष शाहीका अनुसार तिला ३ दानी वडाका लक्की बुढा ,सोही पालिका ४का साँपुल्लीका सुजन शाही र शुसिल शाहीले ४नम्वर वडाको अनुगमन सकेर फर्किदै गर्दा बिनाकारण चक्कु प्रहार गरेका हुन । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार घाइते वडाध्यक्षको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । घटना घटाउने युवाहरुको बिरुद्ध निवेदन परेको छ ।

Share.

Leave A Reply

Exit mobile version