दिपक विश्वकर्मा जुम्ला।
मन माग्यौ मन दिए मुटुभित्र बाँस माग्यौ बाँस दिए
हो त्यसैले त आज तिम्लाई बाच्ने ठुलो  आस दिए
माया खुशीहरू बराबर दिन्छु जिन्दगीभर सानू मैले
हाँसीहाँसी आफू मरी तिमीलाई मेरै थोरै सास दिए

खोज्दै गए कति टाढा तर कतै  रहर भेटिएन
हजारौ वादा आउँदा पनि मुहारमा डर भेटिएन
सात समुन्द्र पारीको जिन्दगि झेल्दै जाँदा पनि
तर कहिले यो  सुन्दर सपना को सहर भेटिएन

मेरो दिल जलाएर भन के पायो तिमिले
मेरो पर्खाल डलाएर भन  के पायो तिमिले
तिम्रो जिवन सार्थक बसोस् शुभकामना
मेरो बेहाल बनाएर भन  के पायो तिमिले

Share.

Leave A Reply

Exit mobile version