जुम्ला ७साउन

जुम्ला — आर्थिक वर्ष २०८१/८२ मा सघन सहरी तथा भवन आयोजना जुम्ला — आर्थिक वर्ष २०८१/८२ मा सघन सहरी तथा भवन आयोजना कार्यालय, जुम्लामा पुँजीगततर्फ विनियोजन भएको बजेटको ठूलो हिस्सा खर्च हुन नसक्दा ७५ करोड २ लाख ६९ हजार बजेट फ्रिज भएको छ।

कोष तथा लेखा नियन्त्रक कार्यालय, जुम्लाका प्रमुख मीन बहादुर घर्तीमगरका अनुसार आयोजनाका लागि गत वर्ष १ अर्ब ६३ करोड ७२ लाख ६४ हजार  पुँजीगत बजेट विनियोजन गरिएको थियो, तर त्यसको मात्र ५४.६४ प्रतिशत — ९० करोड ३८ लाख ७ हजार — मात्र खर्च हुन सक्यो।

त्यस्तै, चालू खर्चतर्फ १ करोड ६८ लाख १२ हजार बजेट विनियोजन गरिएकोमा १ करोड १३ लाख ८७ हजार अर्थात् ६७.७४ प्रतिशत मात्रै खर्च भएको छ। समग्रमा हेर्दा, १ अर्ब ६५ करोड ४० लाख ७६ हजार मध्ये ठूलो हिस्सा पुँजीगत खर्च नहुँदा बजेट फिर्ता हुन पुगेको हो।

सूचना अधिकारी चन्द्र बहादुर थापाका अनुसार कुल ७६ वटा योजनाहरू ठेक्काबाट सञ्चालनमा रहेका थिए, तर बहुवर्षीय योजना स्वीकृतिमा ढिलाइ भएकाले ती सबै योजना सम्पन्न नहुनु बजेट खर्च नहुनुको मुख्य कारण बन्यो। उपभोक्ता समितिमार्फत सञ्चालन हुने झन्डै ३० योजनाको रकम समेत खर्च हुन नसकेपछि फ्रिज भएको जनाइएको छ।

जिल्लागत रूपमा हेर्दा डोल्पा र जुम्लामा विनियोजन गरिएको विकास बजेटको सबैभन्दा ठूलो हिस्सा फिर्ता भएको छ। माथिल्लो कर्णाली क्षेत्रअन्तर्गत जुम्ला, कालिकोट, मुगु, हुम्ला र डोल्पालगायत पाँच जिल्लामा बजेट सदुपयोग नहुँदा करोडौं फिर्ता भएको हो।

यसैबीच, सडक डिभिजन कार्यालयका लागि ७१ करोड ५५ लाख  पुँजीगत बजेट विनियोजन गरिएकोमा ५६ करोड ३२ लाख १२ हजार (७८.७२ प्रतिशत) खर्च गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

Share.

Leave A Reply

Exit mobile version