जुम्ला ।    राष्ट्रिय कोदो दिवसको अवसरमा पत्रकार सागर परियारलाई ‘सर्वोत्कृष्ट पत्रकार’ पुरस्कार प्रदान गरिने भएको छ कोदोसम्बन्धी उत्कृष्ट समाचार सामग्री प्रकाशन गरेबापत परियारलाई यो सम्मान प्रदान गर्न लागिएको हो।

शुक्रबार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चाँगुनारायण नगरपालिका, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ), राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल र एशोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज) को संयुक्त आयोजनामा आयोजित कोदो दिवस विशेष समारोहमा पुरस्कारको घोषणा गरिएको हो।

‘कोदो दिवसको  समाचार लेखन पुरस्कार  २०८२’ अन्तर्गत देशभरका पत्रकारहरूबाट प्राप्त समाचारहरूको मूल्यांकनपछि पाँच जना उत्कृष्ट पत्रकार छनोट गरिएको अनाजले जनाएको छ। अनाजले सातै प्रदेशका पत्रकारलाई कोदोसम्बन्धी सामग्री तयार पार्न आग्रह गरेको थियो।

कर्णाली प्रदेशलाई कार्यक्षेत्र बनाएर लामो समयदेखि पत्रकारिता गर्दै आएका सागर परियार (कारोबार दैनिक र रेडियो नेपालका संवाददाता) लाई उत्कृष्ट लेखनका लागि सर्वोत्कृष्ट पत्रकारको रूपमा चयन गरिएको हो।

उक्त कार्यक्रममा बिजमाण्डू डटकमकी सरला सुवेदी र कारोबार दैनिककी कोशिला कुँवरलाई ‘उत्कृष्ट पत्रकार’ पुरस्कार दिइने भएको छ। त्यस्तै, नेपालखबर डटकमका कर्णाली संवाददाता दिनेश कुमार बुढा र डडेल्धुराको रेडियो अमरगढीकी कार्यक्रम संयोजक भावना पौडेललाई ‘प्रोत्साहन पुरस्कार’ प्रदान गरिने भएको छ।

कोदोसम्बन्धी कृषि पत्रकारितालाई प्रोत्साहन गर्न अनाजले गत वर्षदेखि यो पुरस्कार कार्यक्रम सञ्चालनमा ल्याएको हो। पुरस्कार राशिसम्बन्धी विवरण भने आयोजक संस्थाले खुलाएको छैन।

गत वर्ष पनि पत्रकारितामा योगदान प पुगेका  ६ जना पत्रकारहरूलाई पुरस्कृत गरिएको थियो। त्यस अवसरमा हिमालय टाइम्स दैनिकका लेखनाथ पोखरेल, अन्नपूर्ण पोस्टकी ममता थापा, आर्थिक अभियान दैनिकका प्रशान्त खड्का, टक्सारन्युज डटकमका रबि थापा, रातोपाटी डटकमकी सरिता थारु, र पत्रकार मदन पौड्याललाई सम्मान गरिएको थियो।

यस वर्षदेखि कोदो दिवसलाई पहिलोपटक औपचारिक रूपमा ‘राष्ट्रिय दिवस’ का रूपमा मनाइएको हो। यसले कोदो खेती तथा उपभोगलाई संस्थागत र वैज्ञानिक रूपमा प्रवर्द्धन गर्ने विश्वास आयोजक तथा सहभागीहरूले व्यक्त गरेका छन्।

Share.

Leave A Reply

Exit mobile version