जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१०, ध्यारगाउँमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक किशोरको मृत्यु भएको छ।
१७ वर्षीय हरिबहादुर विक बुधबार बिहान भीरबाट लडेर घटनास्थलमै ज्यान गुमाएका हुन्। स्थानीय प्रेमबहादुर बोहोराका अनुसार विक घाँस काट्न गएका बेला अचानक चिप्लिएर खसेका थिए।

यस घटनाभन्दा पाँच दिनअघि सोही क्षेत्रमा एक महिलाको पनि भीरबाट लडेर मृत्यु भएको थियो।

नलगाड नगरपालिकाका उपप्रमुख देवका लामिछानेले पछिल्लो दुई साता मात्रै नगरपालिकाभित्र रुखबाट लड्ने, भीरबाट खस्ने र नदीमा बगेर गरी १० जनाको मृत्यु भइसकेको जानकारी दिइन्।

उनका अनुसार पशुपालन व्यवसायमा आबद्ध किसानहरू घाँसका लागि जोखिम मोलेर भीर र उकालो चढ्ने गर्दा यस्ता दुर्घटनाको संख्या दिनप्रतिदिन बढ्दो छ।

Share.

Leave A Reply

Exit mobile version