जुम्ला जुम्लामा स्थानीय कलाकारहरूबाट सञ्चालित दमाई नेपाली short movie यही आउँदो असोज २ गते प्रसारण हुने भएको छ। स्थानीय कलाकारहरूलाई लक्षित गर्दै जुम्ला जिल्लाका स्थानीय कलाकारहरूको संयुक्त आयोजनामा दमाई सट मुभि सार्वजनिक गर्ने निर्णय गरिएको हो।
जुम्ला जिल्लाको तिला गाउँपालिका वडा नम्बर ४ नुवाकोटमा फिल्मको सुटिङ कार्य भइरहेको छ उक्त सुटिङ मा १० जना कलाकारहरू सहभागी रहेका छन्। स्थानीय कलाकारको भूमिका रहेको छ भने विभिन्न कला भएका हरूलाई लक्षित गर्दै स्थानीय स्तरमा प्रदर्शन हुने दमाई सट मुभि सञ्चालन हुने निर्णय गरिएको छ।
सोही सट मुभी मा विभिन्न कलाकारहरू रहेका छन् उक्त कलाकारहरू मध्यमा खडक परिवारको संयुक्त नेतृत्वमा १० जना कलाकारहरूको सहभागी रहेको छ भनी सोही मुभिका व्यवस्थापक तथा लगानीकर्ता मुस्कान परिवारले जानकारी दिएका छन्। सहभागी हुने कलाकारहरूमध्येमा
कार्मा नेपाली मुस्कान परियार
राजलक्ष्मी नेपाली
धन्न कन्या नेपाली खडक परियार। ।
विनोद परियार
रमेश नेपाली
दिपक विश्वकर्मा
आशा रावत
धनलक्ष्मी खत्री
सुष्मा बुद्ध
खडक नेपाली आदि लगायतका कलाकारहरूको सहभागी भई उनीहरूको प्रदर्शनमा सर्ट नेपाली मुभि दमाई यही आउँदो असोज २ गते सार्वजनिक हुने तयारी रहेको छ भनी सोही दमाई नेपाली सर्ट मुभी का डाइरेक्टर तथा कथा लेखक खडक परिवारले जानकारी दिएका छन्।
सोही मुभीको लक्ष्य स्वरूप विभिन्न पुराना संस्कृतिहरूलाई जगेर्ना गर्दै जातीय विभेद अन्त्य गर्ने उद्देश्यले तथा पुरानो विथिति विसंस्कृतिलाई अन्त्य गर्नका लागि र पुराना संस्कार र संस्कृतिलाई जगेर्ना गर्नका लागि यो सर्ट मुभी तयार पारेर जातीय विभेद दमन र अत्याचारलाई अन्त गर्नका लागि यो जनचेतनामूलक दमाई शर्ट मुभी तयार पारिएको छ।

