जुम्ला जुम्लास्थित तिला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५१ करोड ३९ लाख ७९ हजार बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १६ औं गाउँसभा तथा अधिवेशनमा नीति तथा कार्यक्रमसहित उपाध्यक्ष गोरीकला बुढाले बजेट प्रस्तुत गर्नुभएको हो।
संघीय सरकारबाट प्राप्त बजेट सशर्त अनुदान २० करोड ९२ लाख वित्तीय समानीकरण अनुदान (संघ): ९ करोड ४० लाख विशेष अनुदान (संघ) २ करोड ५० लाख समपूरक अनुदान (संघ) १ करोड ७८ लाख
राजस्व बाँडफाँड (संघ) ८ करोड ७० लाख ७८ हजार
प्रदेश सरकारबाट प्राप्त अनुदान वित्तीय समानीकरण अनुदान (प्रदेश) १ करोड २२ लाख ५३ हजार सशर्त अनुदान (प्रदेश)२ करोड २१ लाख समपूरक अनुदान (प्रदेश)१ करोड ५९ लाख राजस्व बाँडफाँड (प्रदेश)२ लाख ९३ हजार आन्तरिक राजस्व २२ लाख छुटायो ।
तिला गाउँपालिकाले कुल बजेटमध्ये चालू खर्चतर्फ ३४ करोड ५३ लाख ७९ हजार र पुँजीगत खर्चतर्फ १६ करोड ७८ हजार विनियोजन गरेको छ। यसले विकास योजनामा पुँजीगत खर्च कम भएको देखिन्छ।
प्राथमिकतामा गौरवका योजनाहरु गाउँपालिकाले ऐतिहासिक सम्पदा पुनर्निर्माण पर्यटकीय पदमार्ग निर्माण पहिरो नियन्त्रण तथा सौन्दर्यकरण खुला क्षेत्रको संरक्षण शिक्षा, स्वास्थ्य, खेलकुद र रोजगारको प्रवर्द्धन ऐतिहासिक सम्पदा पुनर्निर्माण पर्यटकीय पदमार्ग निर्माण पहिरो नियन्त्रण तथा सौन्दर्यकरण खुला क्षेत्रको संरक्षण शिक्षा, स्वास्थ्य, खेलकुद र रोजगारको प्रवर्द्धनविषयहरूलाई प्राथमिकतामा राखेको छ।
बजेटमार्फत दिगो विकास, सामाजिक समावेशीकरण, आर्थिक समृद्धि, र सुशासनलाई लक्षित गरिने भनिएको छ। गाउँपालिकाले आफ्नो स्रोत परिचालनका लागि सञ्चिति कोष, आन्तरिक आय र अनुदानलाई प्रभावकारी रूपमा प्रयोग गर्ने प्रतिबद्धता जनाएको छ।
आन्तरिक तथा बाह्य स्रोतको अधिकतम परिचालनमार्फत सेवा प्रवाह, पूर्वाधार विकास, र सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई प्रभावकारी बनाउने नीति तथा कार्यक्रम अघि सारिएको छ

