जुम्ला — तिला गाउँपालिका–५ चुलाकोटमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।

आज बिहान कुडारीबाट चुलाकोटतर्फ ढुंगा ल्याउँदै गरेको १ त ६४७२ नम्बरको ट्याक्टर सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

दुर्घटनामा परी तिला–५ चुलाकोट निवासी २३ वर्षीय कामदार लोकेश बुढाको घटनास्थलमै मृत्यु भएको हो।

त्यस्तै, सोही ट्याक्टरका चालक ३० वर्षीय कर्ण जैशी गम्भीर घाइते भएका छन्। उनलाई तत्काल उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला ल्याएको हो

प्रहरीका अनुसार ट्याक्टर ढुंगा बोकेर कुडारीबाट चुलाकोटतर्फ जाँदै गर्दा अनियन्त्रित भई खसेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी सहायक निरीक्षक असिम हमालले जानकारी दिए।

Share.

Leave A Reply

Exit mobile version