एएफसी महिला एसियन कप छनोटअन्तर्गत उज्बेकिस्तानको तास्केन्तमा भइरहेको पहिलो खेलमा नेपालले लाओसविरुद्ध पहिलो हाफमै २–० को सशक्त अग्रता लिएको छ।

नेपालका लागि अनिता बस्नेतले खेलको १२औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाइन्। पहिलो हाफको अन्त्यतिर कप्तान सावित्रा भण्डारीले अनिताको उत्कृष्ट क्रसमा हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाइन्।

आजको खेलमा मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले सावित्रा भण्डारीलाई कप्तानीको जिम्मेवारी दिएका छन्। यससँगै उनी नेपाली महिला टिमको इतिहासमा कप्तानी सम्हाल्ने ११औँ खेलाडी बनेकी हुन्।

पहिलेकी नियमित कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा सुरुवाती–११ मा परेकी छैनन्। उनको स्थानमा अञ्जना गोलकिपरको भूमिकामा पहिलो रोजाइमा खेल्दैछिन्।

नेपाल समूह ‘एफ’ मा पर्छ, जसमा लाओस, श्रीलंका र आयोजक उज्बेकिस्तान पनि रहेका छन्। छनोट चरणमा नेपालले आफ्नो दोस्रो खेल जुलाई २ मा श्रीलंकासँग र तेस्रो तथा अन्तिम खेल जुलाई ५ मा उज्बेकिस्तानविरुद्ध खेल्नेछ। समूहका सबै खेल उज्बेकिस्तानमै हुनेछन्।

Share.

Leave A Reply

Exit mobile version